खबर पूर्वाञ्चल
विहान ७ बजेदेखि साँझ पाँच बजे सम्म खसेको मतको प्रारम्भिक विवरण अनुसार ६५ प्रतिशत मत खसेको हो । निर्वाचन कार्यालयका सूचना अधिकारी हेमन्तकुमार श्रीवास्तवका अनुसार ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको मोरङको प्रारम्भिक विवरण अनुसार ६५ प्रतिशत मत खसेको हो ।
उनका अनुसार मतदान सम्पन्न भएका स्थलको बाकस गणना स्थलमा ल्याउने क्रम पनि सुरु भएको छ । ६ वटा प्रतिनिधि तथा १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मोरङका ग्रामिण क्षेत्रबाट गणनास्थल सम्म ल्याउनेकाम ब्भैरहेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले विराटनगरको आदर्श स्कूलमा शुक्रवारदेखि मतगणना गर्ने तयारी गरेको छ ।