animated ellipse animated ellipse

खेलाडीको बिदाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ मंसिर २०७४, मंगलवार १७:५९
3
Shares
विराटनगर, ५ मंसिर/भारतको पञ्जावमा आयोजना हुने अन्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागि हुने नेपाली टोली त्यस तर्फ प्रस्थान गरेको छ ।

प्रतियोगितामा सहभागि हुने टोली आज त्यस तर्फ प्रस्थान गरेको हो ।
पाँचवटा देश सहभागि हुने प्रतियोगितामा सहभागिता जनाउन हिडेका खेलाडीलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विदाई गरेका थिए । भारतमा हुन लागेको अन्तराष्ट्रिय सोतोग कराते प्रतियोगितामा सहभागि हुने नेपाली टिमको बिदाई गर्दै मेयर पराजुलीले खेल क्षेत्रको विकास गर्दै खेलाडीलाई ब्यावसायीक बनाउन पहल गर्ने बताएका हुन् ।

भारतको पञ्जाव अमलेशगञ्जमा हुने अन्तराष्ट्रिय प्रतियोगिताकालागि सहभागि हुन विभिन्न तौल समुहका ११ सदस्य खोलाडीलाई विदाई गर्दै मेयर पराजुलीले महानगरपालिकाले क्रिकेट, फुटवल, करातेलगायत खेलकुद क्षेत्रको विकासकालागि महानगरले छुट्टै शाखा विस्तार गर्ने र ब्यावसायीक रुपमा खेलाडीलाई अघि बढाउन पहल गर्ने बताए ।

भारत, भुटान, बंगलादेशसहित पाँचवटा देश सहभागि हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै विराटनगरबाट सुमन मगर, निरज गुरुङ,रोमन चौधरी, महेश यादव, सुरज कामत, एलेक्स प्रसाई, विवेक थापा, विवस प्रसाई, दिपेश कोइराला, साहिल गिरी र कृति दुलाल विभिन्न उमेर समुहमा प्रतिस्पर्धा गर्न भारत प्रस्तान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर