AArya
RUMPUM
animated ellipse animated ellipse

उम्मेदवारमाथिको आक्रमण रोक्न माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ कार्तिक २०७४, बुधबार १७:०६
3
Shares
विराटनगर, २९ कार्तिक / पछिल्लो समय उम्मेदवारमाथि भइरहेको आक्रमण रोक्न यूवा संघ नेपाल र वाइसियल नेपालले माग गरेको छ । संयुक्त रुपमा उनीहरुले विराटनगरमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै यूवा संघ नेपालका १ नम्बर प्रदेश इन्चार्ज पर्शुराम बस्नेतले वाम गठन्धनको उम्मेदवार माथि भएको हिंसात्मक आक्रमण तत्काल नरोके यूवाहरु प्रतिकारमा उत्रने चेतावनी दिए । ‘पछिल्लो समय वाम गठबन्धनको उम्मेदवारमाथि मात्र आक्रमण भइरहेको छ,’ बस्नेतले भने, ‘यस्तो आक्रमण नियोजित देखिएको छ ।’ राज्यले उम्मेदवारको सुरक्षा प्रदान गरी निर्वाचन शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउनु पर्ने उनले जोड दिए ।

निषेतको राजनैतिक अन्त्य गरि स्वच्छ प्रतिस्पर्धामा निर्वाचन आउन यूवाहरुले आग्रह गरे । कार्यक्रममा बोल्दै यूवा संघ नेपाल मोरङका अध्यक्ष मुकेश बुढाथोकीले संम्बेदनसिल क्षेत्रमा उठेका उम्मेदवारहरुको सुरक्षा प्रदान गर्न सरकार लाग्नुपर्ने बताए ।

नेकपा एमाले प्रदेश नम्बर १ का सह संयोजक तथा प्रदेश सभाका उम्मेदवार शेरधन राई, एमाले नेता राजेन्द्र गौतम, नेकपमा माओवादीका नेता वर्षामान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतमाथि श्रृखला बद्ध रुपमा आक्रमण भएपछि यूवा संघ र वाइसियलले पत्रकार सम्मेलन गरी भत्र्सना गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर