खबर पूर्वाञ्चल
आज महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसमा भएको प्राध्यापकहरुको भेलाले संविधानको मुख्य कार्यभार मंसिर १० र २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको हो । यस्तै भेलाले आम मतदातालाई आफ्नो मताधिकारलाई प्रयोग गर्न आग्रह गरेको छ ।
महेन्द्र मोरङ क्याम्पस प्रगतिशिल प्राध्यापक ईकाई अध्यक्ष तुलसी निरौलाका अनुसार भेलाले प्रगतिशिल तथा स्थायी सरकार निर्माणका लागि संयुक्त बाम गठबन्धनका उमेदवारहरुलाई विजयी गराउने उद्देश्यका साथ ७५ सदसीय निर्वाचन प्रचारप्रसार सहयोग समिति समेत गठन गरेको छ । गठित समितिको संयोजकको जिम्मेवारी सहप्राध्यापक देवी निरौला र सहसंयोजकको जिम्मेवारी सूर्यनारायण यादवलाई दिइएको निरौलाले जानकारी दिए ।