AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङमा उल्लासमय रुपमा उम्मेदवारी दर्ता( फोटो फिचर)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ कार्तिक २०७४, बिहीबार १९:५२
3
Shares
विराटनगर, १६ कार्तिक/आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि मोरङमा उम्मेदवारी मनोनयन दर्ता आज सम्पन्न भएको छ ।

बिहान १० बजेदेखि मनोनयन दर्ता भएपनि सबैभन्दा पहिले नयाँ शक्ति पार्टीका उम्मेदवारहरु उम्मेदवारी दर्ता गर्न पुगेका थिए । त्यसपछि काँग्रेसका नेताहरु उम्मेदवारी दर्ता गर्न क्षेत्रगत रुपमा कार्यकर्ताको जुलुसहित निर्वाचन कार्यालय पुगे ।

बाम गठबन्धनले भने संयुक्त रुपमा ¥यालीसहित एकसाथ सबै उम्मेदवारहरु लिएर निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो । दलहरुको नाराजुलुस र उल्लासबीच उम्मेदवारी दर्तामा सर्बसाधारणको पनि बाक्लो उपस्थिति रहेको थियो ।

 

मोरङबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला, डा.मिनेन्द्र रिजाल र महेश आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । कोइरालाले क्षेत्र नम्बर ६, रिजालले २ र आचार्यले ४ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी, कांग्रेसबाट निर्वाचन क्षेत्र नम्बर ५ मा अमृत अर्याल, ३ मा विवादास्पद छवीका सुनील शर्मा र १ मा जिल्ला पार्टी सभापति डिकबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर ३ बाट कांग्रेसको टिकट पाएका शर्मा नोबेल मेडिकल कलेजका सञ्चालक समेत हुन् । उनीमाथि नक्कली प्रमाणपत्रका आधारमा डाक्टर बनेको आरोप लाग्दै आएको छ । नेपाल प्रहरीले नक्कली डाक्टर विरुद्ध अभियान चलाउँदा उनी फरार थिए ।

क्षेत्र न. ५ मा बाम गठबन्धनका उम्मेद्वार विना विभागिय मन्त्रि शिवकुमार मण्डल र काग्रेसका प्रभाकारी नेता अमृत अर्याल मनोनय दर्ता गर्ने ठाँउमा जम्का भेट भएपछि अन्कमाल गर्दै ।तस्वीर -पुष्पराज थपलिया /खबर पूर्वाञ्चल

यस्तै बाम गठबन्धनबाट १ मा घनश्याम खतिवडा, २ मा ऋषिकेश पोखरेल, ३ मा भानुभक्त ढकाल, ४ मा अमनलाल मोदी, ५ मा शिवकुमार मण्डल र ६ मा लालबाबु पण्डितले उम्मेद्वारी दर्ता गरेका छन् ।

प्रदेशसभातर्फ बाम गठबन्धनबाट क्षेत्र नं. १ को क मा कुलप्रसाद साम्बा र ख मा उपेन्द्र घिमिरे, क्षेत्र नं. २ को क मा गणेश उप्रेती र ख मा लिलाबल्लभ अधिकारी, क्षेत्र नं. ३ को क मा गीता तिम्सिना र ख मा राजकुमार ओझा, क्षेत्र नं. ४ को क मा विजय विश्वास र ख मा जीवन घिमिरे, क्षेत्र नं. ५ को क मा ज्ञानेश्वर राजवंशी र ख मा सुभतथा क्षेत्र नं. ६ को क मा जीवन आचार्य र ख मा रमेश पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् ।

उता नेपाली काँग्रेसबाट क्षेत्र नं. १ को क मा ललित अधिकारी र इश्वरी कोइराला, क्षेत्र नं. २ क मा सुमन कुवँर र ख मा नागेश्वरप्रसाद सिंह ,क्षेत्र नं. ३ को क मा सुर्यराज राई र ख मा ललितबहादुर श्रेष्ठ, क्षेत्र नं. ४ को क मा भक्तिनाथ माझी र ख मा विश्वनाथ रिजाल, क्षेत्र नं. ५ को क मा सुकदेवप्रसाद मण्डल र राजेशकुमार गुप्ता, क्षेत्र नं. ६ को क मा चुमनारायण तबदार र ख मा केदार कार्कीले उम्मेदवारी दर्ता गरेका छन

मनोनयन दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले नेता पण्डितले भने, ‘जनताको भावना बुुझ्न सक्ने व्यक्ति भएको हुनाले आफूलाई जनताले विजयी बनाउनेमा ढुुक्क छु ।’

नयाँ शक्तिका तर्फबाट क्षेत्र नम्बर २, ४, ५ र ६ मा क्रमशः दीपक कोइराला, राकेश चौधरी, अमृत महतो र विमला आचार्यले उम्मेदवारी दिएका छन्।

क्षेत्रीय निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी हेमन्तकुमार श्रीवास्तवले मोरङमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता सकिएको जानकारी दिए । उनका अनुसार जिल्लामा ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेका छन् । तस्वीर -पुष्पराज थपलिया /खबर पूर्वाञ्चल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर