MERRYLAND
KANTIPUR COLLEGE

तीन पटकको यूरो च्याम्पियन स्पेनलाई पराजित गर्दै इटाली यूरो कपको उपाधि नजिक

खबर पूर्वाञ्चल, २३ असार २०७८, बुधबार ०९:०३
486
Shares

विराटनगर / तीन पटकको यूरो च्याम्पियन स्पेनलाई पराजित गदै इटाली २०२० को फाइनलमा प्रवेश गरेको छ । यो जितसँगै इटलीले अपराजित यात्रालाई ३३ खेलसम्म र्पुयाएको छ ।

लण्डनस्थित वेम्वली स्टेडियममा पहिलो सेमिफाइनल खेलमा स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा गएराति भएको खेलमा इटालीले पेलाल्टी सुटआउट स्पेनले ४–२ को गोल अन्तरले पराजित गदैे इटाली २०१२ पछि पहिलो पटक फाइनलमा पुगेको हो ।

विश्वकप र युरोकपमा गरेर स्पेन पहिलो पटक सेमिफाइनलमा हारेको हो । जर्मनीसँगै सर्वाधिक ३ पटकको युरोकप विजेता स्पेनको चौथो पटक उपाधि जित्ने लक्ष्य इटालीसँग हारेपछि सर्वाधिक यूरो पक जित्ने सपना चक्नाचुर भयो ।

स्पेन १९५४ मा पहिलो पटक युरो च्याम्पियन बनेको थियो । त्यसपछि २००८ र १२ मा लगातार युरो जितेको स्पेन २०१६ मा इटालीसँग क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

इटलीले अब उपाधिका लागि इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा भकेलेको थियो ।

इटलीका मानुएल लोकाटोलीको पहिलो प्रहार नै स्पेनका गोलकिपर उनाइ सिमोनले बचाएका थिए । तर त्यसको फाइदा स्पेनले लिन सकेन । स्पेनका डानी आल््मोको प्रहार पोष्टबाट बाहिर गयो ।

त्यसपछि इटलीका लागि आन्द्रे बेलोट्टी, लिओनार्दो बोनुची र जर्गिन्होले गोल गरे । स्पेनका लाग जेरार्ड मवरेनो र थियागो अलकान्टाराले गोल गरे ।

निर्धारित समयमा गोल गरेका अल््भारो मोराटाको पेनाल्टी प्रहार भने इटलीका गोलकिपर जियानलुजी डोनारुम्बाले बचाए ।

खेलको सुरुआतदेखि नै निरन्तर आक्रमण गरे पनि स्पेन फिनिसिङमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा केही आक्रमक शैली अपनाएको इटालीले ६० औं मिनेटमा फेड्रिको किएसाले गोल गर्दै इटालीलाईलाई अग्रता दिलाएका थिए ।

खेलमा प्रभुत्व जमाएर पनि १–० ले पछि परेको स्पेनका लागि सब्स्टिच्युट खेलाडी अल्भारो मोराटाले बराबरी गोल फर्काएका थिए । फेरान टोरेसको स्थानमा ६२ औं मिनेटमा मैदान प्रवेश गरेका मोराटाले ड्यानी ओल्मोको पासमा सेन्टर लाइनबाट पेनाल्टी एरियमा प्रवेश गर्दै ८० औ मिनेटमा उत्कृष्ट गोल गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

SAGARMATHA
GREENLAND
Export
ORCHID
ARNIKO
Arya-hospital-add-banner
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५