animated ellipse animated ellipse

१२ हजारमा बेचिए सडक बालबालिका

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ कार्तिक २०७४, बुधबार १८:४९
3
Shares
विराटनगर, १५ कार्तिक/ सुनसरी इटहरीका तीन जना सडक बालबालिका १२ हजार भारुमा बेचिएका छन् । विभिन्न प्रलोभनमा पारी सडक बालबालिकाको तस्करी गर्ने गिरोहले बालवालिकालाई १२ हजारमा बेचेको हो ।

प्रहरीले भारतको जोगवनीबाट बेचबिखनमा सकृयलाई पक्राउ गरेको छ भने ३ जना बालबालिकाको उद्धार गरेको छ । नेपालतर्फबाट ३ जना बालबालिका लिएर भारत लैजाँदै गरेका उनीहरूलाई ‘साना हातहरु’ भन्ने गैरसरकारी संस्थाको सूचना, भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो ।

उद्धार गरेको बालवालिकाहरु १४ वर्ष उमेर समूहका छन् । सुनसरीको इटहरीबाट ३ जना बालकालिकालाई भारत बेचबिखनका लागि लगिंदैछ भन्ने सूचनाका आधारमा निरन्तर फलो गर्दा गिरोह पक्राउ गर्न सफल भएको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए । घटनाले सडक बालबालिकाको तस्करी हुने गरेको कुरा पुष्टि भएको बताए ।

उद्धार गरिएका बालबालिका मोरङ र सुनसरीका हुन् । तस्करीमा संलग्न मोरङ मोतिपुर घर भई सुनसरी इटहरी–४ बस्ने ३६ वर्षिय राजु भण्डारी इटहरी–१० का २८ वर्षिय सुरज ऋषिदेव र भारतका ३१ वर्षिय मन्जित सिंह पक्राउ परेका छन् । उनीहरुलाई मानव बेचविखन विरुद्धको मुद्दा दर्ता गरि अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

पक्राउ परेका भण्डारी र ऋषिदेवले ती बालबालिकालाई प्रतिव्यक्ति ४ हजार भारतीय रुपैयाँमा भारतीय नागरिक मंजित सिंहलाई विक्री गरेका थिए । त्यसका साथै सिंहले भण्डारी र ऋषिदेवलाई प्रतिव्यक्ति १५ सय बाटोखर्च दिएको बताइएको छ । भारतमा लगिएका बालबालिकालाई घरेलु कामदारको रुपमा बिक्री गर्ने गरिएको पक्राउ गरेका सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर