पूर्वाञ्चल खबर
छठ पर्वका लागि विराटनगरको सिंघीया खोला, केसेलिया र नहरहरु बेहुलीझै सिंगारिएको छ ।
महान पर्व छठको पुजाका लागि गहुँ र चामलको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । अन्नबाहेक फलफूल, ठकुवा, भुसुवा, खजुरिया, पुरुकिया, पानी अंगुर तथा मुला, गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, ढाकी, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम लोकगीत गाउँदै निर्धरित जलासयसम्म पुगेका थिए ।


सोहीअनुसार परिकारहरू जलाशयका किनारमा राख्नुअघि त्यसठाउँ र पूजा सामग्रीलाई व्रतालुले पाँचपटक साष्टाङ्क दण्डवत गरेका थिए । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै ‘अरिपन’ चित्र कोरेका हुन्छन् ।


शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिए छठ पर्व सम्पन्न हुने गर्दछ ।तस्वीरहरु -पुष्पराज थपलीया /खबर पूर्वाञ्चल