AArya
animated ellipse animated ellipse

चाडपर्व लागेसँगै तरकारीको मूल्य आकाशियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ आश्विन २०७४, शुक्रबार २०:४५
3
Shares
विनु तिम्सीना
विराटनगर, १३ असोज / चाडपर्व लागेसँगै विराटनगरमा तरकारीको मूल्य आकाशिएको छ । बाढीका कारण तरकारी उत्पादनमा कमी आएको र आयात पनि कम हुँदा दोब्बरभन्दा बढी मूल्यवृद्धि भएको छ । मुल्यवृद्धि भएपछि उपभोक्ताहरु महँगो मूल्यमा तरकारी किन्न बाध्य छन् ।

नेपालीहरुका मुख्य चाडपर्वहरु नजिकिएसँगैे विराटनगर बजारमा तरकारीको मूल्य आकाशिएको छ । वर्षाका कारण पूर्वका विभिन्न जिल्लामा तरकारी खेती गरिँदै आएका जमिन डुबानमा परेपछि तरकारी उत्पादनमा कमी आएको र आयात पनि कमी भएकाले तरकारीको मूल्य आकासिएको व्यापारीहरु बताउँछन् ।

तरकारीको मूल्य आकाशिएपछि सर्वसाधारण महँगीको मारमा परेका छन् । आन्तरिक उत्पादन भएका ठाउँहरुमा तरकारी लगाएको बारीनै डुबानमा परेपछि मूल्य बढेको व्यापारीहरु बताउँछन् । तरकारी खेती डुबानमा परेपछि अहिले पहाडी क्षेत्रबाट विराटनगर बजारमा तरकारी आउने गरेको छ । व्यापारीहरुले पहाडी जिल्लाबाट तरकारी आयात गर्दा ढुवानी खर्च बढी लागेका कारण तरकारीमा मूल्यवृद्धि भएको बताएका छन् । यसैगरी तरकारीको आयात कम भएकाले पनि मूल्यमा वृद्धि भएको उनीहरुको भनाइ छ ।

२० दिन अघि प्रतिकिलो ४० रुपैयाँ पर्ने आलुको मूल्य ६० रुपैयाँ पुगेको छ । यस्तै ४० रुपैयाँ प्रतिकिलो पर्ने टमाटर ७० रुपैयाँ, ५० रुपैयाँ प्रतिकिलो पर्नेे भिन्डी अहिले १ सय रुपैयाँ, ३० रुपैयाँ प्रतिकिलो पर्नेे घिरौला ६० रुपैयाँ, ३० रुपैयाँ प्रतिकिलो पाइने काँक्रोको मूल्य अहिले ७० रुपैयाँ पुगेको छ ।

यस्तै २५ रुपैयाँ पर्ने प्याज अहिले ५० रुपैयाँ प्रतिकिलो पुगेको छ । भने ७० रुपैयाँ पर्ने फूलकोबी अहिले १ सय ५०रुपैयाँमा बिक्री भइरहेको छ । यसरी तरकारीको मूल्य आकाशिएपछि तरकारी किन्न आएका सर्वसाधारणहरुले भने महँगो मूल्यमा तरकारी किन्न बाध्य भएको विराटनगर–५का कमला निरौलाले गुनासो गरेका छन् । अरुवेला धेरै तरकारी किन्ने उपभोक्ताहरु अहिले थोरै लगेको बताउँछन्।

विराटनगर बजारमा दैनिक २० देखि ३० टन आलु र प्याजबाहेक हरियो तरकारीबो बिक्री हुने गरेको छ । तरकारी बजार अनुगमन गर्ने निकाय प्रभावकारी नहुँदा सर्वसाधारणले महँगीको मार खेप्नुपरेको देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर