विराटनगरका राजेन्द्र राउत उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्षमा निर्वाचित

खबर पूर्वाञ्चल, १० चैत्र २०७९, शुक्रबार ०७:१९
162
Shares

विराटनगर / विराटनगरका उद्योगी राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् ।

बिहीबार झापाको विर्तामोडमा भएको महासंघको साधारणसभाले राउतलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले जानकारी दिए ।

महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल चयन भएका छन् । पौडेलले यसअघि अध्यक्षमा दावी गरेपनि उपाध्यक्ष बस्न तयार भएपछि सर्वसम्मतिको वातावरण बनेको हो । महासंघको कोषाध्यक्षमा विराटनगरका सुवास आचार्य चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना चयन भएका छन् । वस्तुगतबाट राजन श्रेष्ठ र दिपक पाण्डे सदस्यमा निर्विरोध निर्वाचित भए ।

यस्तै एशोसिएट्सबाट रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गुप्ताले जानकारी दिए । राउत दुई पटक प्रदेश उद्योग वाणिज्य संघको उपाध्यक्ष र केन्द्रीय सदस्य भइसकेका छन् । उनी केहि समय घि उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि प्रदेश अध्यक्ष बन्ने बाटो खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५