animated ellipse animated ellipse

जेभियर्समा खेलकुद सप्ताह शुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० माघ २०८१, बिहीबार १८:२६
747
Shares
बुढिगंगा / मोरङ बुढिगंगाको टङ्किसीनुवारीमा रहेको जेभियर्स स्कुलको खेलकुद सप्ताह २०८१ शुरु भएको छ ।

विधालयले नर्सरीदेखि कक्षा १२ सम्मका विभिन्न विधार्थीहरुको सहभागीतामा खेल सप्ताह कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्रिन्सिपल परेश पोखरेलको सहभागीतामा शुरु भएको कार्यक्रममा विधालयले विभिन्न कक्षाका विधार्थीहरुको लागी छुट्टा छुट्टै विधामा बुक ब्यालेन्स , टग अफ वार, चक्ल्ट दौड , १०० तथा २०० मिटर दौड ,गणित दौड,रिले , हाई जम्प, लङ्ग जम्प, ट्रिपल जम्प, भलिबल ,म्युजिकल चेयर, फुटबल जस्ता खेलहरु खेलाइने छ ।

खेल सप्ताह माघ ११ गतेसम्म सञ्चालन हुने विधालयका सहायक प्रिन्सिपल जनक ढकालले बताए । उद्घाटन कार्यक्रममा प्रिन्सिपल पोखरेललेले विद्यार्थीहरुको चौतर्फी विकासका लागि विद्यालयले वार्षिक क्यालेन्डर नै बनाएर अतिरिक्त क्रियाकलाप गर्दै आएको जानकारी दिए साथै पठनपाठनमात्र नभई व्यवहारिक शिक्षाका थुप्रै क्रियाकलापमा विद्यार्थीहरुलाई जोडेर शिक्षा प्रदान गर्दै आएको र खेलकुदजस्ता क्रियाकलापले विद्यार्थीहरुलाई अनुशासन र स्वस्थ प्रतिस्र्धा गर्ने क्षमताको विकास हुने भन्दै खेलकूद सप्ताहको सफलताको शुभकामना व्यक्त गरे।

सहायक प्रिन्सिपल ढकालका अनुसार बुढिगंगा गाँउपालिकामा कक्षा १२ सम्म सञ्चालित पहिलो र एकमात्र सँस्थागत विद्यालय जेभियर्स मात्र रहेको र भर्खरै सम्पन्न पालिका स्तरिय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्न सफल भएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर