खबर पूर्वाञ्चल
आज गोविन्दपूरका दुई सय बाढीपीडित परिवारलाई राहत वितरण गरिएको लायन्स क्लवका हरिबहादुर श्रेष्ठले जानकारी दिएका छन् । दुईसय बाढीपीडित परिवारलाई एक बोरा चामल, २ केजी दाल, साडी, खाना पकाउने भाडाकुडा र झुल वितरण गरिएको थियो । राहत वितरणका क्रममा लायन्स क्लवका डिस्ट्रक गर्भनर लिला ढुङगेल,राजन खत्री राजन श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।