animated ellipse animated ellipse

पत्रकार बस्नेत सहित ९ जना सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ आश्विन २०७४, मंगलवार १७:१६
3
Shares
बेलबारी, ३ असोज । सञ्चार क्षेत्रमा बिशिष्ट योगदान पुर्याएबापत बेतना दैनिकका सम्पादक नरेन्द्र बस्नेत आज बेलबारीमा सम्मानित भएका छन् ।

बेलबारी १ मा रहेको बेलबारी बहुउद्धेश्यीय सहकारी संस्थाको १६ औँ बार्षिक साधारणसभामा बस्नेतलाई सञ्चार क्षेत्रमा लामो समयदेखि निडर र निष्पक्ष भएर,सत्यतथ्य समाचार संप्रेषण गर्दै यस क्षेत्रमा बिशिष्ट योगदान गरेबापत संस्थाका अध्यक्ष प्रतापकुमार थापा र बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले सम्मान गरेका हुन् ।

बस्नेत बेतना दैनिककासहित बिभिन्न राष्ट्रिय र क्षेत्रीयस्तरमा रहेका सञ्चारमाध्यायमहरुमा आबद्ध भएर लामो समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका छन् । बस्नेतसँगै बेलबारीमा फरक फरक क्षेत्रमा बिशिष्ट योगदान गर्ने ९ जना ब्यत्तित्वहरु समेत सम्मानित भएका छन ।

सम्मानित हुनेहरुमा बेलबारीका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी, डा.मनिष सुवेदी, इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामजी कटुवाल,जिल्ला सहकारी संघ मोरङकी उपाध्यक्ष पार्वती बराल, गायक सञ्जिव धिमाल, यसैगरी स्थानीय निर्वाचनमा बिजयी भएका संस्थाका सदस्यहरु खिनमाया बस्नेत,मनु श्रेष्ठ र निर्मला बि.क रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर