AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सदन पुनःस्थापनापछि विराटनगरको चौक–चौकमा खुसियाली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ फाल्गुन २०७७, मंगलवार २०:५८
477
Shares
विराटनगर/ प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले आज विघटन गरेसँगै प्रचण्ड–नेपाल समुहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघिय समाजवादी पार्टीका विद्यार्थीहरूले सडकमा निस्किएर खुसियाली मनाएका छन् ।

उनीहरूले आज साँझ विराटनगरको विभिन्न चोकहरूमा दिप प्रज्जवल गर्दै खुसियाली मनाएका हुन् ।

सर्वोच्चको निर्णयलाई ऐतिहासिक भन्दै उनीहरुले विराटनगरको ट्राफिक चौक, महेन्द्रचौक, बरगाछी, देवकोटालगायतको विभिन्न चौकहरूमा निस्किएर खुसियाली मनाएका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको छ । आज सर्वोच्चले प्रधानमन्त्रीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै संसद बैठक १३ दिनभित्र बोलाउन आदेश दिएको हो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि विघटन गरेकी थिइन् । ओलीको कदम असंवैधानिक रहेको भन्दै सर्वोच्चमा अलग–अलग १३ वटा रिट निवेदन दर्ता भएको थियो । ती सबै रिटलाई एकसाथ हेर्दै डेढ महिनादेखि संवैधानिक इजलासमा सुनुवाई हुँदै आएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर