खबर पूर्वाञ्चल
स्कूल परिसरमा आज एक भव्य कार्यक्रम आयोजना गरि स्कूलले बाल दिवस मनाएको हो ।
विराटनगर महानगरपालिको मेयर भिम पराजुलीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा स्कूलमा अध्ययरत विद्यार्थीहरुले नृत्य, गायन, करातेका विद्यार्थीहरुले आ– आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
बाल दिवसको अवसर पारेर स्कूलले विभिन्न खेलकुदको विधामा उत्कृष्ट तथा नर्सरी देखि कक्षा पाँचसम्म प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।
स्कूलले बाल दिवसमा प्रत्यके वर्ष विभिन्न कार्यक्रम गरि मनाउँदै आएको स्कूलका प्रिन्सिप केशबलाल सिंह सुवालले जानकारी दिनुभयो । पुरस्कृत हुने विद्यार्थीहरुलाई पुरस्कार स्कूलका प्रिन्सिपल सुवाल, हेड टिचर कमलसेन गुप्ता, मार्साङ्ग लामा, शिक्षकहरुले वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै मेयर पराजुलीले महानगरापालिका क्षेत्रमा नमुना स्कूलका रुपमा विकास गर्न लागि परेको बताए ।