AArya
RUMPUM
animated ellipse animated ellipse

इन्डो–नेपाल टि–२० मिल्स कप किकेट’ प्रतियोगिता विराटनगरको हुँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ फाल्गुन २०७८, आईतवार १८:४५
4.91k
Shares
विराटनगर / प्रदेश १ को क्रिकेट खेलको खस्किदो अवस्थालाई वृद्धि गर्न र युवाहरुलाई यसप्रति आकर्षण जगाउन विराटनगरमा इन्डो–नेपाल टि–२० ‘मिल्स कप किकेट’ प्रतियोगिता हुने भएको छ ।

आयोजक मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगरमा फागुन २० गतेबाट इन्डो–नेपाल टि–२० ‘मिल्स कप किकेट प्रतियोगिता शुरु हुने जानकारी गराएको हो ।

प्रतियोगितामा नेपाल र भारतका १६ टिम सहभागि हुने आयोजक समितिका अध्यक्ष मुरली चौधरीले बताए । खेल विराटनगर जुट मिल क्रिकेट खेल मैदानमा हुने चौधरीले बताए ।

नक आउट आधारमा खेलाइने टि –२० क्रिकेट प्रतियागितामा भारतको कटिहार क्रिकेट क्लव, जोगबनी क्रिकेट क्लव, पूर्णिया क्रिकेट क्लव, कानपुर क्रिकेट क्लव रहेका छन् भने नेपालका भैरहवा क्रिकेट क्लव, जनकपुर क्रिकेट क्लव , बोस्टन क्रिकेट क्लव झपा, होराईजन क्रिकेट क्वव विराटनगर, विराट क्रिकेट क्लव एण्ड एकेडेमी विराटनगर, आयोज मिल्स किकेट क्लव विराटनगर, काठमाण्डौं क्रिकेट क्लव, सिरहा क्रिकेट क्लव, सुनसरी–११ क्रिकेट क्लव, पूर्वाञ्चल क्रिकेट एकाडेमी विराटनगर, प्याट्रिक क्रिकेट क्लव झापा, एमसिसिए विराटनगर गरी १६ बटा टिमको सहभागिता हुने अध्यक्ष चौधरीका जानकारी दिए ।

प्रतियोगिताका विजयी हुने टीमलाई नगद १ लाख ११ हजार, दोश्रोलाई ५१ हजार तथा ट्रफि पाउँने छन् । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडिलाई नगद २१ सयका साथ ट्रफि हात पार्ने छ । त्यस्तै म्यान अफ द सिरिज हुने खेलाडिलाई नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई सम्मान नगद १० हजार तथता फेयर प्ले एवार्ड नगर ५ हजारका साथ ट्रफि वितरण गरिने आयोजकले जनाएको छ ।

प्रदेशमा उक्त नगद राशी पुरस्कार भएको पहिलो प्रतियोगिता भएको आयोजकको दावी रहेको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेपाली तथा भारतीय खेलाडीको सहभागिता आयोजकले बताएको छ । चैत १ गते सम्म हुने प्रतियोगितामा करिव १८ लाख खर्च हुने अनुमान आयोजकले जनाएको छ ।

प्रतियोगिता सहभागि खेलाडीहरुले उत्कृष्ट खेल कौसलको प्रदर्शन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव जमाउन सफल हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर