खबर पूर्वाञ्चल
राष्ट्रिय प्रतियोगिताको लागि विद्यालय भलिबल कमिसन मोरङले उत्कृष्ट ३० जना खेलाडी छनौट गरेको छनौट समितिका संयोजक इन्द्र राईले जानकारी दिए । उनका अनुसार १८ वर्ष मुनिका खेलाडीहरु प्रतियोगिताका लागि छनौट गरिएको हो ।
राष्ट्रिय प्रतियोगिताको लागि क्षेत्रिय भलिबल संघका निर्देशक वीरेन्द्र चौधरी, मोरङको अध्यक्ष हरिसचन्द्र कोइराला, सदस्य केदार पौडल, प्रशिक्षक अञ्चल धिमालले छनौट गरेका हुन् । छनौट भएका खेलाडीहरुलाई चाँडै प्रशिक्षण विद्यालय भलिबल कमिसन मोरङको अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए । उनका अनुसार छनौट भएका १५ जना पुरुष र १५ जना महिला खेलाडी रहेको बताए । छनौट भएका खेलाडीहरुलाई विरेन्द्र चौधरीसहितको टोलीको प्रशिक्षण दिनेछन् ।