animated ellipse animated ellipse

संसोधनको बिषयमा बोल्न आवश्यक थिएन –प्रचण्ड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ भाद्र २०७४, बुधबार १४:२२
3
Shares
फाइल तस्वीर
विराटनगर, १४ भदौ /  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाको अभिब्यक्तीप्रति असन्तुष्ठी जनाएका छन् । भारत भ्रमणमा रहेका बेला प्रधामन्त्री देउवाले संविधान संसोधन प्रति दिएको भविब्यक्ती प्रति असन्तुष्ठी जनाएका हुन् ।
सोमवार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने ‘मेरो प्रधानमन्त्री सँग कुरा भएको त छैन’ उनले भने ‘ तर संविधान संसोधनप्रति बोल्न आवश्यक थिएन ।’

संविधान संसोधनको मुद्धा नेपालको आन्तरिक मामिला रहेकाले बिदेशी भूमिमा संविधान संसोधनका विषयमा बोल्न आवश्यक नरहेको बताए । ‘प्रधानमन्त्रीले कुन सन्दर्भमा के बोल्नुभो, आधिकारिक जानकारी छैन । उनले भने ‘ तर, अहिले संविधान संशोधन हुँदैन, यो छिमेकीसँग समझदारी गर्ने बिषय पनि होइन ।’

उनले अहिले नै संविधान संसोधन प्रति बहस गर्न आवश्यक नरहेको बताए । देशलाई आवश्यकता परेको खण्डामा फेरी बस गर्न सकिने बताउदै उनले प्रधानमन्त्रीको अभिब्यक्ती प्रति पार्टी असन्तुष्ठ रहेको बताए । प्रधानमन्त्री आइतवार मात्र स्वदेश फर्किएकाले एक पटक कुरा गरेपछि थप बिषयमा प्रतिक्रिया आउने बताए ।

नेपाल र भारतबीच जारी संयुक्त वक्तव्यमा कोशी बाँधको विषय उल्लेख गरेकोमा पनि प्रचण्डले असन्तुष्ठी जनाएका छन् । उनले कोशी उच्च बाधको मुद्धा अभिब्यक्तीमा बक्तब्यमा समावेश गर्नु गलत भएको हो । ‘ हिजोमात्र मैले संयुक्त वक्तव्य हेरे । उनले भने ‘ अभिब्यक्ती हेर्दा थाहा पाए कोशी बाधको बिषय समावेश भएको रहेछ । त्यो उल्लेख गर्न आवश्यक थिएन ।’

नेपाल स्थीत भारतीय दुताबासको क्याम्प अफिस विराटनगरबाट नटहेको बताउदै उनले तत्काल हटाउन आग्रह गरे । माओवादी केन्द्र पहिले देखि नै क्याम्प हटाउनु पर्छ भन्ने पक्षमा रहेको उनले बताए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको पटक पटक आग्रह गरिएपनि अझै दुतावासले क्याम्प हटाएको छैन ।

अध्यक्ष प्रचण्डले यो २०७४ साल नेपालीकालागि चुनावमय वर्ष भएको बताए । अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनावसँगै प्रदेश र संंसदको चुनाव पनि यही साल हुने भएकाले यो वर्ष चुनावमय बर्ष भएको उनको भनाई छ ।

असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सबै असन्तुष्ठ पक्ष सहभागि हुने बताउदै उनले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचन हुने बताए । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तरगत २ नम्वर प्रदेशमा हुने स्थानीय तहको चुनावमा गणतन्त्र पक्षधर मधेशकेन्द्रित पार्टीहरुसँग तालमेल गरेर अघि वढ्न सकिने वताए ।

माओवादी केन्द्रको केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्यहरुलाई प्रशिक्षण सोमवार विराटनगर आएका प्रचण्डले प्रदेश नं १ का केन्द्रीय आयोजक समिति सदस्यहरुलाई प्रशिक्षण दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर