विराटनगर, ३ /असार नेपाल औषधी संञ्चालक संघ, केन्द्रीय तदर्थ समिति विराटनगरले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।
कोशी अंञ्चल अस्पताल अगाडी आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० वर्षीय जेष्ठ नागरीक लक्ष्मीप्रसाद संग्रौलाले समेत रक्त दान गरेका छन् । ‘रक्तदान,जीवन दान’ मुल नाराकासाथ आयोजना गरिएको रक्तदान कार्यक्रममा संकलन भएको रगत तत्काल कोशी अंञ्चल अस्पताल र नोवेल अस्पतालमा रहेका विरामीलाई आवश्यकता अनुसार उपलब्ध गराइएको थियो ।
नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र विराटनगरमा केहि दिनदेखि देखिएको रगत अभावलाई पूर्ति गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक नेपाल औषधी संञ्चालक संघका केन्द्रीय संयोजक देशबन्धु ढकालले जानकारी दिए ।