RUMPUM
animated ellipse animated ellipse

मिस नेपालमा मोरङबाट निकिता, भोटका लागी सबैलाई अपिल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ बैशाख २०७४, शुक्रबार २१:१५
3
Shares
किसोर श्रेष्ठ
उर्लाबारी, २९ वैशाख ।  सानैदेखि मोडलिङमा विषेश चासो राख्ने मोरङ उर्लाबारीकी निकिता चाण्डक यतिबेला यसै क्षेत्रमा आफ्नो भविष्य खोज्दै छिन् ।
फिजिकल बनावट र सुन्दर मुहारकी धनी २२ वर्षीया निकिता हाल मिस नेपाल २०१७ को बन्द प्रशिक्षणमा व्यस्त छिन् । द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल प्रतियोगिताको २२ औं संस्करणमा निकिता मोरङ जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी बनेकी हुन् । ५ फिट ९ इन्च अग्ली निकिता चर्चित भारतीय अभिनेत्री दीपिका पादुकोणको अभिनय कलाबाट प्रभावित रहको बताउँछिन् ।
देश तथा विदेशमा भएका विभिन्न मोड्लिङ प्रतियोगीताहरुमा सहभागी रहदै आएकी उनी भारतको बैंग्लोरस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीमा ग्राजुएशनकी विद्यार्थी समेत हुन् । पुणे फेसन विक २०१६, केरला फेसन विक २०१६, द विडिङ हाउस शो २०१६ जस्ता चर्चित फेशन शोमा उनले सहभागिता जनाएकी छिन् । जसमा उनी उत्कृष्ट समेत बनेर आफ्नो अब्बलता उनले सावित गरीसकेकी छिन् ।
यस्तै भख्खरै काठ्माडौंमा समपन्न टिजिएफ नेपाल फेसन विक २०१७ मा पूर्व मिस नेपालले ‘सम्भावना बोकेकी’ मोडल भनेपछि चाण्डक एकाएक फेसन नगरीमा चर्चामा आएकी छिन् ।
उनलाई मिस नेपाल बनाउनका लागि उर्लाबारीवासी पछिल्लो समय एकजुट भएर लागेका छन् । खुल्ला प्रतिस्पर्धाबाट मिस नेपाल २०१७ मा सहभागिता जनाइरहेकी चाण्डक प्रतियोगी नम्बर १४ हुन् । मोड्लिङसँगै सामाजिक कार्यहरुमा समेत सक्रिय उनी उर्लाबारी जेसीजकी क्रियाशील सदस्य समेत हुन् । नृत्य, गीत र मोडलिङमा रुची राख्ने निकिता भबिष्यमा सफल नायिका बन्ने बताउँछिन् । मिस नेपाल बनेर मोड्लिङका माध्यमबाट उर्लाबारीलाई मात्र नभएर सिंगो देशलाई नै अन्तराष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राख्ने उनी सबैको साथ र सहयोगको अपेक्षा राखेको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर