AArya
RUMPUM
animated ellipse animated ellipse

वैदेशिक रोजगारीलाई प्राथमिकता दिनु औद्योगीक क्षेत्रको ठुलो चुनौती

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ बैशाख २०७४, मंगलवार १८:०३
3
Shares
विराटनगर, १२ बैशाख/ दक्ष मानव संशाधनको अभाव, वैदेशिक रोजगारीलाई प्राथमिकता दिनु औद्योगीक क्षेत्रको ठुलो चुनौती भएको सराकारवालाहरुले बताएका छन ।
आज विराटनगरमा उद्योग संगठन मोरंग र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भएको औद्योगिक मानव संशाधन आवश्यकता मूल्यांकन आदान–प्रदान तथा प्रमाणिकरण बिषयक गोष्ठीका सहभागिहरुले भएको जनशक्ति विदेश पलायन हुनु, यहाँ भएकाले पनि तालिम नपाउनु चुनौती भएको बताएका छन ।
उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्यायले मानव संशाधन आवश्यकता मूल्यांकन सर्वेक्षणले औद्योगिक क्षेत्रलाई आवश्यक रोजगारीको अवस्था, मानव संशाधनको उपलब्धताका वारेमा स्पष्ट पार्ने भन्दै रोजगारीका लागि दैनिक रुपमा युवा जनशक्ति विदेशिने क्रम वढ्दो रहेको भन्दै चिन्ता ब्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महसंघका परामर्शदाता डा. केशव वस्यालले कार्यपत्र प्रस्तुत गदै दक्ष जनशक्तिहरुको अभावका कारण वैदेशिक श्रमिकलाई रोजगारी दिनु परिरहेकोे, विभिन्न किसिमका तालिम गोष्ठीको आभाव, उद्योगसंग सम्बन्धित बिषयका बिशेषज्ञ नहुनु, स्थिर नहुनु जस्ता कुराबाट उद्योग÷व्यवसाय क्षेत्रमा परेको असरलाई न्यूनिकरणका गरि स्वदेशी रोजगारीलाई प्रोत्साहन दिनका लागि औद्योगिक मानव संशाधन आवश्यकता मूल्यांकन आदान/प्रदान तथा प्रमाणिकरण गोष्ठीको आयोजना गरेको बताए ।
श्रम कार्यालयका प्रमुख मणिनाथ गोपले श्रम कार्यालयमा स्थापित रोजगार सूचना केन्द्र मार्फत वेरोजगारहरुको तथ्यांक राख्ने क्रममा रहेको र सोही केन्द्र मार्फत उद्योगहरुलाई आवश्यक जनशक्ति उपलब्ध गराउने तयारी भईरहेको जानकारी गराउदै आगामी दिनमा उक्त केन्द्रको थप प्रभावकारी संचालनका लागि तयारी भईरहेको जानकारी गरए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ अधिकृत अजित गुप्ताले नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार, कोईका र आई.एल.ओ को सहयोगमा नेपालका पा“च वटा औद्योगिक करिडोरका ५ सय ६२ उद्योगमा मानव संशाधन सम्वन्धि सर्वेक्षण गरिएको वताए । उनले सर्वेक्षणबाट प्राप्त परिणामका आधारमा उद्योगहरुका लागि आवश्यक जनशक्ति तयार गर्न तालिम सञ्चालन गर्न सि.टि.ई.भि.टि. लाई सुझाव दिईने वताए ।
कार्यक्रमा आई. एल. ओ. का परामर्शदाता रंजित सैजु, उद्योग संगठन मोरंगका वरिष्ठ उपाध्यक्ष भीम घिमिरेलगायतले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर