विराटनगर, ११ बैशाख / नेपाली का“ग्रेस नगर समिति विराटनगरले स्थानिय नेता तथा कार्यकर्तालाई लक्षीत गरी एक दिने नेतृत्व विकास प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
आसन्न निर्वाचनमा का“ग्रेसले बनाउने रणनीति र योजनाहरूका बारेमा जानकारी दिने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको नगरसमिति सभापति भीम पराजुलीले जानकारी दिए ।
आज विराटनगरमा आयोजित कार्यक्रममा विराटनगरका १९ वटै वडाका पार्टी पदाधिकारी तथा नगरभित्रका विभिन्न भातृस“गठनका पदाधिकारीहरूसहित २ सय भन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा श्याम पौडेल, र तिर्थ पौडेलले प्रशिक्षण दिएका थिए । कार्यक्रमको उद्घाटन गर्दै सांसद अमृत अर्यालले निर्वाचनमा उमेद्वारको टिकट जसले पाए पनि सबैको योगदान महत्वपूर्ण हुने धारणा राखे ।
सबै नेता कार्याकर्ताको सकृय सहभागिताले मात्रै निर्वाचनमा सफलता पाउन सकिने भन्दै उनले का“ग्रेसको पक्षमा निर्वाचनको माहौल बनाउन सबैलाई आग्रह पनि गरे ।
नगरसमितिले नगरका सबै वडामा उमेद्वारका प्रत्यासिलाई लिएर घरदैलो अभियान पनि थालिसकेको सभापति पराजुलीले जानकारी दिए ।