पथरी, ९ बैशाख / युवा संघ नेपाल कानेपोखरी गाउँपालीका ४ र ७ नम्बर वडा कमिटी गठन सम्पन्न भएको छ ।
आज वयरवन वजार स्थीत जनता निमाविमा वडा नम्बर ४ को भएको भेलाले सुवास तामाङको संयोजकत्वमा ६१ कार्यसमिति सदस्य चयन गरेको छ । भेलाले सहसंयोजमा तिर्थ भण्डारी,सचिवमा अनुप फुयल र कोषाध्यक्षमा अमृता गुरुङ सर्वसहमतीले चयन भएको हो ।
त्यसैगरी सदस्यहरुमा कृष्ण नेपाल,कृष्ण खतिवडा,ओमप्रकास रिजाल लगाएत रहेका छन् ।
कार्यक्रमको अध्यक्षता युवा संघ नेपाल वडा इन्र्चाज वडा नम्बर ४ को एविन पाठक र प्रमुख अतिथि युवा संघ नेपालको जिल्ला सदस्य तथा क्षेत्र नम्बर २ का इन्चार्ज कुमार फुयल रहेका थिए । अन्य अतिथिहरुमा नेकपा एमाले वडा संयोजक महेन्द्र गुरुङ, वडा इन्चार्ज तेजबहादुर मगर,शिव दुलाल रहेका थिए ।
त्यसैगरी शुक्रबारेमा भएको वडा नम्बर ७ को भेलाले रोशन तिम्सिनाको संयोजकत्वमा ५१ सदस्य कार्यसमिति सर्वसहमतिले चयन भएको छ । भेलाले सहसंयोजकमा याम बहादुर लिम्बू,सचिवमा अनिल परियार र कोषाध्यक्षमा नविन उप्रेतीलाई सर्वसहमतीले चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा चेत बहादुर कार्की,डिल्ली गिरी,सुमन राई लगाएत रहेको छ । कार्यक्रमको अध्यक्षता रोषन तिम्सिनाले गरेका थिए भने प्रमुख अतिथि युवा संघ नेपाल कोशी अञ्चल कमिटि सदस्य चरण गुरुङ,पार्टी जिल्ला सल्लाकार समितिका सदस्य हरि पौडेल, नेकपा एमाले वडा नम्बर ७ को संयोजक हरी न्यौपाने र इन्र्चाज मोहन अधिकारी रहेका थिए ।
वडा कमिटिको संयोजक र इन्र्चाज युवा संघ नेपाल कानेपोखरी गाउँपालीका कमिटिले भेला अघि नै चुन्ने ब्यवस्था रहेको छ ।