RUMPUM
animated ellipse animated ellipse

मोरङमा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा निर्वाचन अधिकृत तोकियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ चैत्र २०७३, मंगलवार १८:००
3
Shares
विराटनगर, २२ चैत ÷ मोरङमा निर्वाचन अधिकृतहरु निर्वाचन आयोगले तोकि दिएको छ ।
आउँदो वैशाख ३१ गते हुने स्थानिय निकायको निर्वाचनको लागि मोरङको उपमहानगरपालिका सहित, नगरपालिका र गाउँपालिकाको निर्वाचन अधिकृत तोकिएको हो ।
आयोगले विराटनगर उपमहानगरापलिको लागि मुख्य निर्वाचित अधिकृतमा जिल्ला अदालतको मुख्य न्यादिस विनोदकुमार पोखरेललाई तोकिएको छ । त्यस्तै बेलबारी नगरपालिकामा रंगेली नगरपालिको कार्यकारी अधिकृत लक्ष्मी प्रसाद रेग्मी, लेटाङ नगरपालिकाको लागि जिल्ला प्रशासन कार्यालय मोरङका साहयक प्रमुख जिल्ला अधिकारी शेषनारायाण पौडेल, पथरी शनिश्चरे नगरपालिकाको लागि टोखा नगरपालिकाका कार्यालय काठमाण्डौंका कार्यकारी अधिकृत नवराज ढुंगना, रंगेली नगरपालिकको लागि जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्याधिवक्ता पुण्यप्रसाद पाठक, रतुवामाई नगरपालिको लागि मोरङ प्रशासनका साहयक प्रमुख जिल्ला अधिकारी ओमकुमार बस्नेत, सुनवर्षि नगरपालिको लागि सोही नगरपालिको कार्यकारी अधिकृत तिर्थराज राई, उर्लाबारी नगरपालिकाको लागि सोही नगरपालिको अधिकृत भानुभक्त न्यौपानेलाई आयोगकले तोकिएको पत्र जिल्ला निर्वाचन कार्यालय मोरङमा आएको निर्वाचन अधिकृत भक्तबहादुर भट्टराई जानकारी दिए ।
त्यस्तै गाउँपालिका तर्फको बढीगंगा पाउँपालिकाको अधिृकतमा पथरीशनिश्चरेका नगरपालिकाको कार्यकारी अधिकृत कुमार प्रसाद कोइराला, धनपालथान गाउँपालिकाको लागि उर्जा मन्त्रालयका अन्गर्तत विद्युत विकास विभागको उपसचिब रोशनी श्रेष्ठ, ग्रामथान गाउँपालिकाको लागि सर्वोच्च अदालतको इजलास अधिकृत महेन्द्रप्रसाद भट्टराई, जहदा गाउँपालिकाको लागि इलाका प्रशासन कार्यालय उर्लाबारीको उपसचिब पुरुषोत्तम घिमिरे, कानेपोखरी गाउँपालिकाको लागि उच्च सरकारी वकील कार्यालय पाटनको उप न्यायाधिवक्ता दवेन्द्रराज आचार्य, कटहरी गाउँपालिको लागि भूमिसुधार कार्यालय मोरङका उपसचिब नरेन्द्र पौडेल, केराबारी गाउँपालिकाको लागि मालपोत कार्यालय विराटनगरको उपसचिब खरुदेव चुडाल र मिक्लाजुङ गाउँपालिको लागि उच्च सरकारी वकील कार्यालय विराटनगरको उप न्यायाधिवक्ता हिमालकुमार त्रिताललाई निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकि दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर