AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जिल्ला प्रहरी पाँचथर कोशी प्रदेशको सर्वोत्कृष्ट घोषित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ श्रावण २०८२, बिहीबार १६:४२
63
Shares
विराटनगर/ कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा वार्षिक कार्य सम्पादन सम्झौता २०७८-८२ अनुसारको प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ।

समिक्षामा जिल्ला प्रहरी कार्यालय पाँचथर कार्यसम्पादनमा सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय घोषित भएको हो। लक्ष्यअनुसार उत्कृष्ट काम गरेकाले पाँचथरका प्रहरी प्रमुख कौशलकुमार बुढाथोकीलाई डीआईजी कार्कीले प्रशंसा पत्र र बधाई प्रदान गरे।

प्रदेशभित्रका प्रहरी कार्यालयका प्रमुखहरूले श्रावणदेखि असार मसान्तसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए। डीआईजी कार्कीले आगामी दिनमा पनि प्रहरी सेवामा जनचाहनाअनुसार २४ घण्टा तल्लिन रहि रचनात्मक कार्यमा जोड दिन निर्देशन दिए।

कार्यक्रमको सहजीकरण प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर