विराटनगर,१२ चैत/ बलभद्र सेवा समिति विराटनगरको अध्यक्षमा गोपालप्रसाद गुप्ता निर्वाचित भएका छन् । आज शनिबार भएको निर्वाचनमा गुप्ताले निकटम प्रतिद्धन्दिक ई. दिनेशकुमार भगतलाई ४७ मतको अन्तरले पराजित गरेका थिए । गुप्ताले ७३ मत र भगतले २६ मत ल्याएका थिए ।
अध्यक्ष र सह–सचिव बाहेका सवै पद निर्विरोध भएका छन् । सह–सचिवमा विजय जायसवालले गोविन्दकुमार भगतलाई २३ मतले पराजित गरी विजयी भएका थिए । जायसवालले ६१ मत र भगतले ३८ मत ल्याएका थिए ।
गुप्ताको नेतृत्वमा १५ कार्य समिति चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा सतिस जायसवाल,सचिवमा प्रमोदकुमार भगत र कोषाध्यक्षमा एपोलोकुमार भगत निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यहरुमा पन्नालाल गुप्ता, कायता भगत, लालबाबु भगत, अशोक भगत, सुनिलकुमार कलबाल गुप्ता, श्रीमती ईन्दुदेवि भगत, हरीनारायण भगत, सुरेशकुमार भगत र त्रिलोकी भगत निर्विरोध चयन भएका छन् । निर्वाचित सवैले आज शनिबारनै सपत ग्रहन गरेका छन् ।