AArya
RUMPUM
animated ellipse animated ellipse

माध्यमीक शिक्षा परीक्षा (एसईई ) आजदेखि सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ चैत्र २०७३, बिहीबार १०:१५
3
Shares
फाइल तस्वीर
विराटनगर, ३ चैत /माध्यमीक शिक्षा परीक्षा (एसईई ) आज विहीबारदेखि सुरु भएको छ । विगतमा प्रवेशिका परीक्षाका रुपमा हुदै आएको एसएलसी परीक्षाको ऐन संशोधन भएपछि यसपालीदेखि एसईई भएको हो ।SEE BRTएसईई परीक्षामा देशभरबाट पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थीले सहभागी रहेका छन् । परीक्षाका लागि देशभर कुल एक हजार नौ सय २३ केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
त्यसैगरी पूर्वी नेपालका १६ जिलाबाट १ लाख १७ हजार विद्र्याथीले एसईईका परीक्षामा सामेल भएको क्षेत्रीय शिक्षा निर्देशनालयले जनाएको छ । जस मध्य नियमिततर्फ ९४ हजार ८ सय २२ र एक्जाम्टेडमा ७ हजार ४१ परीक्षर्थी सामेल भएका छन् ।
पुर्वमा सवै भन्दा बढी २० हजार ७ सय ६ जना परीक्षार्थी सामेल भएका छन् । मोरङ जिल्लामा यस वर्षको परीक्षामा नियमित परीक्षार्थी १७ हजार ९ सय ८३, ग्रेड वृद्धी १ हजार ९ सय ५७ जना र एक्जामटेड ७ सय ६६ परीक्षामा सहभागि रहेका छन् ।
आर्थिक वर्ष भन्दा यस वर्ष मोरङमा एसईई परीक्षामा १ हजार ७ सय ४१ जना विद्यार्थी घटेको हो । आर्थिक वर्षको परीक्षामा २२ हजार ३ सय ४७ जना विद्यार्थीले परीक्षा दिएको शिक्ष कार्यलय कार्यालय मोरङले जनाएको छ । मोरङमा यस वर्ष ६७ वटा केन्द्र तोकिएको जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ ।
सवैभन्दा कम सोलुखुम्बुबाट १ हजार ९ सय ७६ जना परीक्षार्थी एसईईमा सहभागि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर