विराटनगर, २७ फागुन / सद्धभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जनसंख्याको आधारमा स्थानिय तहको संख्या नथपिएसम्म कुनैपनी निर्वाचन आफुहरुलाई मान्य नहुने बताए ।
विराटनगर विमानस्थलमा आज शुक्रबार संचारकर्मीसंग कुरागर्दै अध्यक्ष महतोले केही स्थानिय तहको संख्या थप्दैमा समस्याको समाधान नहुने भन्दै मधेशमा जनसंख्याको आधारमा गाँउ पालिकाको संख्या थप हुनुपर्ने वताए ।
उनले अहिले बढाइएको स्थानिय तहको संख्याले मधेशको मागलाई सम्बोधन नगरेको उल्लेख गर्नुभयो । अध्यक्ष महत्तोले आफुहरु निर्वाचनको विरोधी नभएको भन्दै पहिले संविधान संशोधन त्यसपछी निर्वाचन जानुपर्ने वताएका छन् ।
अध्यक्ष महतो राजविराजमा भएको घटनाका विषयमा एक हप्ता भित्र सरकारको स्पष्ट जवाफ नआए मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन र्फिता लिएर आन्दोलनमा जाने वताए ।
निर्वाचनको अवस्था अझै नवनेकाले सरकारले जर्वदस्ति निर्वाचन गराए मधेशी जनताले नस्वीकार्ने उनको भनाई थियो ।
अध्यक्ष महतोले जनताको अधिकारलाई थाती राखेर गरिने निर्वाचनको कुनै अर्थ नरहने भन्दै मधेशको मागलाई सम्वोधन गरेर सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताए । मधेशी मोर्चालाई जहिलेपनी मुख्य ठुलादलले अलमलाउने काममात्र गरेको भन्दै निर्वाचनका लागी मधेशी मोर्चासंग भएको तीनवुुदे सहमती पहिले पुरा गर्नुपर्ने उनले जोड दिए ।
मुख्य तीनदलले संविधान बनाउदा त्रुटी गरेकाले अव संविधानपनी तीनै दलले सच्याउनुपर्ने उनको भनाई थियो ।