ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा १२ सहित प्रदेश १ मा थपिए ८० जना संक्रमण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ कार्तिक २०७८, मंगलवार १७:५५
531
Shares
विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना संक्रमण भएको छ । ४८७ जनाको पीसीआर परीक्षण गर्दा ७७ र ८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २३, सुनसरीमा १९, संखुवासभा, इलाम, तेहृथुम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

झापाको अर्जुनधारा, विर्तामोड र दमकमा ६–६, बुद्धशान्ति, कनकाई, गौरीगञ्ज र भद्रपुरमा २–२, मेचीनगर, हल्दिबारी र बाहृदशीमा १–१, मोरङको विराटनगरमा १२, सुन्दरहरैचामा ६, केराबारीमा २, कटहरी, ग्रामथान र सुनबर्षीमा १–१, सुनसरीको इटहरीमा १३, धरानमा ६, संखुवासभाको चैनपुर, इलामको इलाम नगरपालिका, तेहृथुमको म्याङलुङ र ओखलढुङ्गाको सिद्धिचरणमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३५ महिला र ३३ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर