सलकपुर, २६ फागुन / कोशी हरैचा स्थित सलकपुरमा रहेको ब्राइट फ्युचर मा.बि. ले आजदेखि विविध कार्यक्रम गरी रजत महोत्सब मनाइ रहेको छ ।
महोत्सवको अवसरमा बिद्यालयले शैक्षिक प्रदर्शनी तथा अभिभावक दिवस मनाइ रहेको छ । महोत्सवको आज पहिलो दिन माउन्ट एभरेष्ट बोर्डिङ स्कूल डागिहाट, शिक्षा निकेतन मा.बि. सलकपुर,श्री उच्च मा. बि. मृगौलिया लगायत सात बिद्यालयका ५ सय बढी विद्यार्थी तथा अभिभावकले शैक्षिक प्रदर्शनी अवलोकन गरेको बिद्यालयका प्रिन्सिपल टिकाराम ढकालले जानकारी दिए ।
बिद्यालयले आन्तरीक खेलकुद तथा आन्तरीक परिक्षमा उत्कृष्ट विद्यार्थीलगायत अनुशासनमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार समेत बितरण गरेको छ । महोत्सवमा शुक्रबार शैक्षिक प्रदर्शनीलाई निरन्तरता दिदै अभिभावक, शिक्षकलाइ सम्मानका साथ बृहत सास्कृतिक कार्यक्रम गरिने प्रिन्सिपल ढकालले जानकारी दिए । महोत्सवमा गायक साजन राइको प्रस्तुति रहेको थियो भने शुक्रबार गायिका संगीता लिम्बुको प्रस्तुति रहने छ ।
प्रमुख अतिथि मोरङ प्याब्सनका अध्यक्ष बासुदेव न्यौपाने, जेसिजका पुर्व केन्द्रीय अध्यक्ष भोलेश्वर दुलाललगायतले शुभकामना ब्यक्त गरेका थिए । उदघाटन समारोहका सभापति स्कूलका प्रिन्सिपल टिकाराम ढकालले गरेका थिए ।