खबर पूर्वाञ्चल
सिटिएफ नेपालकी प्रबन्धक निर्देशक निर्मला पौडेल र प्रशिक्षक रूपा अधिकारीले प्री–प्राइमरी बालबालिकाका अभिभावकहरूको अभिमुखीकरणको सहजिकरण गरेका थिए।
बाल मनोविज्ञान ,स्याहार सुसार र बाल जीवनशैलीको बारेमा केन्द्रित सचेतना मूलक कार्यक्रम अभिभावकहरूले निकै नै ज्ञानवर्धक रहेको जानकारी गराए ।
त्यसैगरी सोही अवसरमा प्रि–स्कुलका विद्यार्थीहरूको पनि विशेष समारोह आयोजना गरी दीक्षान्त समारोह आयोजना गरिएको थियो । दीक्षित हुने विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
विद्यालयले प्रत्येक हप्ताको बुधबार विद्यार्थीहरूको इच्छा अनुरुप विभिन्न अतिरिक्त सिपयुक्त क्रियाकलाप पनि गर्दै आएको र यस प्रकारका विभिन्न विद्यार्थी तथा अभिभावक लक्षित कार्यक्रम गर्दै आएको छ । रोबोटिक्स , कोडिङ र एआईको कक्षा पनि सञ्चालनमा रहेको विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले जानकारी गराए । उनले बालबालिकाको प्रारम्भिक विकासमा अभिभावक र शिक्षकको भूमिकाको महत्वबारे प्रकाश पार्दै भविष्यमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने बताए ।