AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशसभा अव तरकारी बजारबाट सञ्चालमा आउँने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ कार्तिक २०८२, बुधबार ०७:५५
99
Shares
विराटनगर / अब कोशी प्रदेशसभा र सचिवालयको नयाँ थलो मोरङको ‘कटहरी फलफूल तथा कृषि थोक बजार’ बन्ने भएको छ । विराटनगरको गुद्री तरकारी बजार सार्नका लागि निर्मित सो बजार बनाएको थियो ।

‘जेनजी आन्दोलन’का क्रममा भएको आगजनीले प्रदेशसभा भवन र सचिवालय ध्वस्त भएपछि बजारमा सार्ने तयारी भएको हो । कटहरी गाउँपालिका १ जम्टोकीमा १३ करोड ७६ लाख ५४ हजार ७१० रुपैयाँमा निर्मित उक्त संरचना निःशुल्क रूपमा प्रदेशसभा सञ्चालनका लागि दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए ।

यसअघि यो बजार सञ्चालन हुन सकेको थिएन, किनभने तत्कालीन कांग्रेस नेता तथा विराटनगरका हालका मेयर नागेश कोइरालाले विराटनगरका गुद्री व्यापारीहरूलाई बसपार्क पछाडि आफ्नै जग्गामा भाडामा राखेपछि गुद्रीका व्यापारी तरकारी बजारमा गएनन् ।

कोशी प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार कृषि बजारको प्रशासनिक भवनमा सचिवालय र छुट्टै भवनमा प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले यस विषयमा निर्णय गर्नेछ र आवश्यक बजेट पनि छुट्याउनेछ । कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीका अनुसार प्रदेशसभाको भवन टुङ्गो लागेपछि बजारलाई व्यवस्थित गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर