AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको चौकहरूमा सिसी क्यामेरादेखि निगरानी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ माघ २०७७, शनिबार १६:३९
1.89k
Shares
विराटनगर/ विराटनगर महानगरपालिका १० नम्बर वडा कार्यालय भित्रको विभिन्न स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । वडा कार्यालय र अरनिको मार्ग उपभोक्त समितिले वडा भित्रको विभिन्न चौकहरूमा सिसी क्यामेरा जडान गरिएको हो ।

वडा भित्र सुरक्षा व्यवस्था मजवुत बनाउन १० वटा सिसी क्यामेरा जडान गरिएको वडाअध्यक्ष माधव वाग्लेले जानकारी दिए । २ लाख रुपैयाँ लागतमा विराटनगरको १० को अरनीको पथमा अरनिको मार्ग उपभोक्त समिति र वडा कार्यलयको सहभयोगमा ५ वटा सिसी क्यामारा जडान गरिएको छ ।

यस्तै वडा कार्यालको पाँच लाख रुपैयाँ बजेटमा सहिद मार्गको प्रतिभा चौक, पिपल चौक, शान्तिमार्ग चौक, लडबुद्र्ध कलेज अगाडीको चौक र तरुण चौकमा सिसी क्यामारा जडान गरिएको छ । वडा कार्यालयले पाँच लाख र उपभोक्ता समितिले २ लाख गरि जम्मा ७ लाख रुपैयाँ लागतमा वडा भित्रको विभिन्न चौकहरूमा सिसी क्यामारा जडान गरिएको हो । चौकहरूमा जडान गरिएको क्यामाराको मनिटर भने वडा कार्यालय भित्र रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर