विराटनगर, १७ फागुन / विराटनगरमा रहेको इडेन नेशनल बोडिर्ङ स्कूलका विद्यार्थीहरुले पुष्पलाल चोकमा रहेको महिला जागृती वृद्धाआश्रमको वृद्धाहरुलाई खाद्यान्य सामाग्री तथा फलफूल वितरण गरेका छन् ।
इडेन स्कूलमा अध्ययरत विद्यार्थीहरुले मंगलबार एक कार्यक्रम आयोजना गरि खाद्यासामाग्री तथा फलफूल वृद्धाहरुलाई वितरण गरेका हुन ।
कक्षा ६ मा अध्ययरत विद्यार्थीहरुले दैनिक खाने खाजा खर्चकोे पैसाँ जोगाएर वृद्धाहरुलाई सहयोग गरेका स्कूलका प्रिन्सिपल सि.एम.बस्नेतलले जानकारी दिनुभयो । विद्यार्थीहरुले जागृती वृद्धाआश्रममा अध्यक्ष भुवनेश्वरी आचायलाई खाद्य सामाग्री वितरण गरेका थिए । उक्त आश्रममा दुई दजर्न वृद्धाहरु बसोबास गर्दै आएका छन् ।
खाजा खर्च कटाएर विद्यार्थीहरुले आश्रममा रहेका वृद्धालाई १० केजी आटा, ५ केजी दाल, ५ केजी चिनि, १ काटुन चाउचाउ, ३ किलो स्याउ, २ किलो अंगुर , ३ लिटर तेल र ५ प्याकेट ब्रेड वितरण गरेको स्कूलका प्रिन्सिपल सिएम बस्नेतले जानकारी दिए ।