RUMPUM
animated ellipse animated ellipse

मोर्चाको बन्दका कारण तराई मधेसमा जनजिवन प्रभावित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ फाल्गुन २०७३, बुधबार १९:४१
3
Shares
तस्वीर -रविन्द्र बराल
पुष्पराज थपलिया
विराटागर, फागुन ११ र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बन्द गरेको कारण विहानैदेखि तराईका जिल्लाहरुमा बन्दको असर देखिएको छ ।
बन्दका कारण पूर्व पश्चिम राजमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेनन् । सरकारले स्थानिय तहको चुनाव बैशाख ३१ गते गर्ने घोषणा गरेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज एक् दिन तराई मधेस बन्द गरेको हो ।
मोर्चा कार्यकर्ता विहानैदेखि तराईका विभिन्न जिल्लाका सडकमा बन्द गराउँदै र टायर बाल्दै हिंडिरहेका थिए । तराई जिल्लाहरुमा सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।
बन्दको प्रभा विराटनगर क्षेत्रमा पनि परेको छ । बन्दकाकारण विराटनगरका मुख्य राजमार्गमा सार्वजनिक तथा लामो तथा छोटो दुरीका सवारी साधन चलेनन् । सुनसान सडकमा रिक्सा, सिटी रिक्सा र मोटरसाइकलमात्र चलेका थिए ।
त्यस्तै मोरङको रंगेली,डाईनिया,कर्सिया,रामचोक,कदमाहा,झपरतल लगायतमा चल्ने छोटो तथा लामो स्थानमा चल्ने यातायातका सबारी साधनहरु पूर्ण रुपमा बन्द भएका छन भने शौक्षिक संंस्था कारखाना सरकारी कार्यालय समेत बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर