रबिन्द्र बराल
रंगेली, फागुन ८ मोरङको भारतिय सिमानामा जोडिएको नोचा ९ बाट भारत तर्फ लैजादै गरेको गाई २ वटा ९ वटा गोरु र १वटा बाछा गरि १२ वटा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीका सन्जिव वावु खड्काले जानकारी दिए ।
स्रोतका अनुसार शनिबार राति एक सयको हाराहारीमा सो क्षेत्र बाट गाई गोरु भारततर्फ लगेको स्रोतले बतायो ।
स्रोतका अनुसार दैनिक जसो सयदेखि २ सय सम्म भारत तर्फ लैजाने गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालयका प्रमुख सन्जिव बाबु खड्का भन्छन गाई गोरु भारत लैजाने क्रममा गाविस निकासी कर तिर्न गरेको वताएता पनि भन्सारमा भने राजस्व नतिरि भारततर्फ राति ९ वजे देखि १२ वजे सम्म तस्करी हुने गरेको स्रोत को दावि छ ।