गोपाल काफ्ले
पथरी,माघ १५ /मोरङको पथरीमा जारी पथरीशनिश्चरे दोस्रो नगर कप २०७३ को शनिबार भएको खेलमा वार्ड नं. २ विजयी हुदै उपाधि नजिक पुगेको छ ।
बुद्ध युथ क्लब पथरीको आयोजनामा भएको पहिलो सेमिफाईनल खेलमा वार्ड नं. २ ले वार्ड नं. ९ लाई शुन्यका विरुद्ध ३ गोलले पराजित गदै फाइनलको यात्रा तय गरेको हो । खेलको औ ५ मिनेटमा वार्ड न. ९ का प्रदिप जबेगुले डिबक्स भित्रबाट हानेको उत्कृष्ट गोल वार्ड न.२ का किपरले उत्कृष्ट बचाउ गरे । खेलको १० औं मिनेटमा वार्ड न. २ का सुबास तामाङले गोल गर्दै खाता खोले ।
खेलको २१ औ मिनेटमा वार्ड न. २ का कवि राईलाई फल गरेबापत पाएको फ्रिकिकमा लालबहादुर लावतीले गोल गर्दै टिमलाई दुुई गोलको अग्रतामा ल्याए । वार्ड न. २ ले बारम्बार पाएको राम्रा अवसरहरुको सदुपयोग गर्न नसक्ता थप गोल गर्ने मौका गुमाएको थियो ।
खेलमा दोस्रो हाफको ६७ औ मिनेटमा पुन सुबास तामाङले अर्काे गोल गर्दै आफ्नो टिमलाई ३ – ० जित दिलाए । खेलको म्यानआफ द म्याच वार्ड नं. २ का युगेस तामाङ घोषित भए ।
आइतबारको अन्तिम सेमिफाईनल खेल वाड न. १ र वडा नं. ११ बीच हुने आयोजक समितीका अध्यक्ष मदन राईले जानकारी दिए ।