AArya
RUMPUM
animated ellipse animated ellipse

प्रजनन स्वास्थ्य सम्बन्धी सचेता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ माघ २०७३, मंगलवार १६:४३
3
Shares
४ माघ, विराटगनर / मोरङको तीन वटा गाविसमा प्रजनन स्वास्थ्य सम्बन्धी जनचेता मूलक कार्यक्रम आज मंगलबार सम्पन्न भएको छ ।
नारी विकास संघको आयोजनामा भएको जनचेतामूलक कार्यक्रम मोरङको भाथिगछ, सिद्राहा र झोराहाटमा भएको हो ।
कार्यक्रममा स्वास्थयको पहुचबाट टाढा रहेका महिलामा सचेत गराउने उद्देश्यले प्रजनन स्वास्थ्यको बारेमा जानकारी गराएको महिला प्रजनन अधिकार कार्यक्रम संयोजक बन्धना घिमिरेले जानकारी दिए ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय मोरङकी नर्स मैया सञ्जेल, जिल्ला शिक्षा कार्यालय मोरङको विद्यालय निरीक्षक दिनेश बराल, नारी विकास संघको केन्द्रीय उपाध्यक्ष सारदा पौडेल र सदस्य सरिता दाहलको उपस्थिीति रहेको थियो ।
प्रत्येक गाविसको कार्यक्रम ५०÷५० जनाको संख्यामा महिलाहरुको सहभागिता रहेको थियो । नारी विकास संघले मोरङ र सुनसरीको विभिन्न गाविसहरुमा प्रजनन स्वास्थय सम्बन्धीको सचेतना मूलक कार्यक्रम आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर