AArya
RUMPUM
animated ellipse animated ellipse

न्यानो अभियानद्वारा कम्मल तथा ज्याकेट वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ पुष २०७३, बिहीबार १७:१४
3
Shares
१४ पुस, उर्लाबारी / उर्लाबारी—१ स्थित बक्राहा खोलाबाधमा बस्ने विपन्न घरपरिवारलाई न्यानो अभियान नेपाल उर्लाबारीले कम्मल तथा न्यानो कपडा हस्तान्तरण गरेको छ ।
आज बिहिबार टोलमा एक कार्यक्रमको आयोजना गरि २४ घर परिवारलाई एकएक थान कम्मल र १० जना बालबालिकालाई ज्याकेट बितरण गरेको हो ।
उर्लाबारी नगरपालिकाका कार्यकारी प्रमुख सुरेन्द्र थापा मगरकोे प्रमुख आतित्यतामा भएको
हस्तान्तरण कार्यक्रममा अभियानको आगामि कार्यक्रमको लागि समाजसेवी भोलामान श्रेष्ठले १० हजार, तेजकुमार रिजालले ५ हजार, गोदबरी हस्पिटल प्रालिका सन्चालक रबिन खुलालले ५ हजार र गन्तब्य नेपाल साउदीका संयोजक कर्ण नाल्बोले २ हजार सहयोग गरेको अभियानका अध्यक्ष पूर्ण सिंगक लिम्बूले जानकारी दिएका छन् ।
अध्यक्ष सिंगक सहित कार्यक्रम संयोजक तथा अग्रज पत्रकार केदार चौहान, रुपेन्द्र शेर्मा, समाजसेवी जयधर्म आचार्य,न्यानो अभियानकर्मीहरु सुनिल अग्रवाल,ज्ञानु योन्जन,संजिब बुढाथोकी,कमल जोजो वाईबा,कृष्ण वाईबा,सृष्टि भट्टराई,शंकर निरौला लगायतले कम्मल तथा ज्याकेट हस्तान्तरण गरेका थिए ।
कार्यक्रमको सञ्चालन बिजय धिमालले गरेका थिए । कम्मल पाएपछि स्थानीयले खुशी ब्यक्त गरेका थिए । ‘जाडोले कापिरहेका थियौं,न्यानो कपडा पनि पाईयो,स्वास्थ्य चेकचाँज पनि गराईयो, सहयोग पाएपछि खुशी हुँदै स्थानीय तेजबहादुर उरामले भने,‘सहयोग गर्नुभएकोमा धन्यवाद छ संस्थालाई । यो सहयोगले जाडोमा केहि सहजता हुनेछ । ’
उक्त कार्यक्रममा निशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गरिएको थियो । गोदवरी हस्पिटल प्रालि उर्लाबारी र मंगलबारे अस्पतालको प्राविधिक सहयोगमा गरिएको निशुल्क स्वास्थ्य शिविरमा ५० जनाले स्वास्थ्य चेकचाँज गरिएको अभियानका महासचिब तेजन खड्काले जानकारी दिएका छन् । अभियानका उपाध्यक्ष सरोज बस्नेतले बर्षेनी न्यानो अभियानले स्वास्थ्य शिविर सहित जाडोमा लत्ता कपडा तथा कम्मल बितरण गर्दै आएको र यस बर्ष पनि बितरण गरिएको जानकारी दिएका छन् ।
बस्नेतका अनुसार पूर्वी मोरङको राजघाट,इटहरा,मधुमल्ला,उर्लाबारी संहदेबी लगायतको स्थानमा रहेका बिपन्न परिवारका लागि पनि सहयोगको कार्यक्रम राखिएको र १५ दिनभित्रमा सबैतिर कार्यक्रम सम्पन्न भईसक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर