पूर्वाञ्चल खबर
१३ पुस, धरान/ सशस्त्र प्रहरी बलको एपीएफ क्लब पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय पुरुष फुटबलको उपाधि नजिक पुगेको छ ।
विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ क्लबले फाक्ष्नलमा स्थान सुरक्षित गरेको हो । आज बुधवार सुनसरीको धरानस्थित एन्फा टेक्निकल मैदानमा भएको खेल निर्धा्रित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएको थियो। त्सपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
थपिएको अतिरित्त ३० मिनेटको पहिलो हाफको १० औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाए।
यस्तै अतिरिक्त समयको दोस्रो हाफको १४ औं मिनेटमा नविन लामाले एपीएफका लागि दोस्रो गोल गरेपछि पुलिस २–० को हार व्यहोर्न बाध्य भयो। एपीएफ क्लबले स्वर्ण पदकका लागि नेपाल आर्मी र मध्यमाञ्चलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल पुस १५ गते हुनेछ ।