AArya
RUMPUM
animated ellipse animated ellipse

ओलम्पियन धाविका सरस्वतीले जितिन तेस्रो स्वर्ण पदक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ पुष २०७३, सोमबार १९:२४
3
Shares
तस्वीर -सेतोपाटी
११ पुस, इटहरी/ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत एथ्लेटिक्समा नेपाली ओलम्पियन धाविका आर्मीकी सरस्वती भट्टराईले तेस्रो स्वर्णपदक हात पारेकी छन् ।
आज बिहान भएको ८ सय मिटरमा आर्मीकी सानुमाया कार्कीलाई पछि पार्दै सरस्वातीले तेस्रो स्वर्ण जितीकी हुन । उनले निर्धारीत दुरी २ मिनेट १९ दशमलब ४२ सेकेण्डमा पार गरिन् । आर्मीकी सानुमाया कार्कीले २ मिनेट २५ दशमलब ५६ सेकेडमा दुरी पार गर्दै रजत पदक हात पारिन् । यस्तै सुदुर पश्चिमकी १५ बर्षिया सिमा कुमारी चौधरीले कास्यपदक हात पारिन् ।
आर्मीकी सरस्वतीले यसअघि १५ सय मिटर र ४ गुण ४ रिलेमा स्वर्ण जितेकी थिइन् । यसैबीच पश्चिमाञ्चलका यामसुजन सुनार एथ्लेटिक्समा २ वटा स्वर्ण हातपार्दै नेपालका सबै भन्दा छिटो दौडिने धावक बनेका छन् । एकसय मिटर र २ सय मिटरमा स्वर्ण जित्दै सुनार नेपालमा सवै भन्दा छिटो दौडिने धावक बनेका हुन् ।
आज बिहान इटहरी रङ्गशालामा भएको प्रतियोगितामा सुनारले २१ दशमलब ७० सेकेण्डमा दुरी पार गरे । सो प्रतिस्पर्धामा सशस्त्रका आशीष कार्कीले रजत र आर्मीका आनन्द चौधरीले कास्यपदक जिते । यस्तै महिलातर्फ २ सय मिटरको इभेन्टमा आर्मीकी कृष्णा चौधरीले स्वर्ण जितिन् भने रजत पनि आर्मीकै संगिता मेचेले जितिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर