खबर पूर्वाञ्चल
आज भएको पहिलो खेलमा इटहरीको जनता भेट्रान क्बलले विराटनगरको युनाइटेड भेट्रान क्बललाई २–१ गोलमा हराउँदै क्वाटर फाइनलमा पुगेको छ । युनाइटेडले पाहुना टोली इटहरीलाई अधिकांश समय दबाबमा राख्दै खेले पनि गोल संख्या बढाउन नसक्दा जित सुम्पनु प¥यो । इटहरीले पाएको अवसरलाई सदुपयोग गर्दै गोल गरे भने विराटनगरले पाएका धेरै अवसर चुकाउँदा हार्नु प¥यो ।
खेलको १४ औं मिनेटमा इटहरीका निरबहादुर आलेले बक्स लाइनमा पाएको बललाई सिधा जाली चुमाए । २९ औं मिनेटमा पुनः आलले दोस्रो गोल गर्दै टोलीका लागि गोल संख्या दोब्बर पारे । उनले वान भर्रेस वानमा गोल गरे ।
विराटनगरका लागि एक मात्र सन्तवना गोल ३६ औं मिनेटमा महेन्द्र खवासले गरे । बक्स लाइनमै पाएको फउलमा गरेको प्रहारमा इटहरीका गोलरक्षकले बचाउको कुनै मौका पाएनन् । खेलको म्यान अफ द म्याच इटहरीका निरबहादुर आले भए ।
त्यसैगरी, दोस्रो खेलमा विराटनगरको विन्दवासिनी भेट्रान क्लबले पाहुना टोली झापाको विर्तामोड भेट्रान क्लबलाई टाइब्रेकरमा ४–२ गाोल अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको छ ।
खेलको निर्धारित समयमा दुवै टोली गोल रहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।
विन्दावासिनीका कृष्ण शाक्य, प्रेम घिमिरे, विनोद धिमाल र दीलिपकुमार क्षेत्रीले गोल गरे । विर्तामोडका मोहन लिम्बू र झलकसिंह राजवंशीले गोल गरे भने केशवराज दाहाल र लक्ष्मी लिम्बूले गोल गर्न चुके ।
खेलको म्यान अफ द म्याच विन्दावासिनीका गोलरक्षक दीलिपकुमार क्षेत्री भए । उनलाई एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाँले पुरस्कार प्रदान गरे ।