खबर पूर्वाञ्चल
आज एक अनौपचारिक कार्यक्रमका बीच निजी क्षेत्रले विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको मेसिन सोही दिन महानगरले कोशी अस्पताललाई हस्तान्तरण गरेको हो ।
विराटनगर महानगरका मेयर भीम पराजुलीको बिशेष सक्रियतामा निजी क्षेत्रका व्यक्तिहरु पीसीआर मेसिन खरिद गर्न तत्पर भएका थिए । महानगरले पिसिआर मेसिन संगै आरएनए एक्सट्राक मेसिन र महानगरकै आफ्नै स्रोतवाट ३ सय २० लिटर क्षमताको फ्रिज ,बायो सेफ्टिक क्याविनेट सेट १ थान,माइक्रो सेन्ट्रिफ्युज एक थान उपलब्ध गराएको छ ।
थप मेसिन कोशी अस्पतालको प्रयोगशालामा स्थापना भएपछि संक्रमितको पहिचान र उपचारका लागि सहज हुने महानगर प्रमुख पराजुलीले बताए । मेसिन २८ लाख रुपैयाँ लागतमा खरिद गरिको हो । मेशिनबाट अहिले दैनिक १ सय ५० जनाको पिसिआर परिक्षण गर्न सकिने र आरएन एक्सट्राक्सन किट खरिद गरिसकेपछि दैनिक १ हजार ५ सयको परिक्षण गर्न सकिने महानगर प्रमुख पराजुलीले जानकारी दिए । किट खरिदको प्रक्रिया अघि बढिसकेको उनको भनाइ छ । दाताहरुकै सहयोगमा आरएन ए एक्ट्राक्सन मेसिन को प्रक्रिया अगाडि बढिसकेको महानगरले जनाएको छ ।
यस संगै पीसीआर मेसिन सञ्चालनका लागि विराटनगर महानगरका मेयर भीम पराजुली र कोशी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईबीच सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ । रोहवरमा महानगर उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोख्रेल र कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा।चुमनलाल दास रहेका छन् ।
कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले बिषम परिस्थितीमा तीन तहका सरकारको समन्वय आवश्यक रहने बताए । महानगरले गरेको अगुवाइको प्रशंसा समेत गरे । घिमिरेले पनि पीसीआर मेसिन खरिदमा १ लाख सहयोग गरेका छन् ।
कार्यक्रममा उद्योग संगठन मोरङ अध्यक्ष भीम घिमिरे,नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश एकका उपाध्यक्ष राजेन्द्र राउत ,नेपाली कांग्रेस नगरका कार्यबाहक सभापति अरुण न्यौपाने,मोरङ व्यपार संघका प्रथम उपाध्यक्ष नविन रिजाल,उद्योगी शुसिल धनावत ,विराटनगर महानगर सामुदायीक विकास महासाखा प्रमुख पुनम दाहाल लगायतको उपस्थिती रहेको थियो ।
यस्तै सोही अवसरमा पीसीआर मेसिन खरिदका लागी केएल दुगडका तर्फवाट ५ लाख , आरती स्ट्रिपले ५ लाख रुपैयाको चेक हस्तान्तरण गरेका छन् । निजी क्षेत्रको स्वस्र्फुत सहयोगको मेयर पराजुलीले प्रशंसा गरेका छन् । मेसिन ल्याउनका लागि अहोरात्र लाग्ने सवैलाई धन्यवाद समेत दिएका छन् । मेसिन जडानपछि विराटनगरमा दैनिक झण्डै १ हजार जनासम्मको पीसीआर जाँच गर्न सकिने बताइएको छ ।
पीसीआर मेसिन खरिदको लागि महानगर प्रमुख पराजुलीले एक वर्षको सुविधा वापतको रकम ५ लाख रुपैयाँ समेत प्रदान गरे । यस्तै उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले ७ लाख रुपैयाँ, उद्योगी तुलसीराम अग्रवालले ५ लाख रुपैयाँ, गोल्छा हाउसले ५ लाख रुपैयाँ, प्रदीप मुरारकाले ५ लाख रुपैयाँ, भाटभटेनी सुपरमार्केटले ५ लाख रुपैयाँ, उद्योगी अविनाश बोहोराले २ लाख रुपैयाँ, प्रदेशसभा सदस्य केदार कार्कीले १ लाख रुपैयाँ, उद्योग संगठन मोरङ अध्यक्ष भीम घिमिरेले १ लाख रुपैयाँ प्रदान गर्नुभएको छ ।
उद्योग संगठन, व्यापार संघले पनि थप सहयोग गर्ने प्रतिद्धता जनाएको महानगर प्रमुख पराजुलीले जानकारी दिए । निजी क्षेत्रबाट मेसिन खरिद र सञ्चालनका ६० लाख रुपैयाँ सहयोगको प्रतिवद्धता आएको उनको भनाइ छ ।