AArya
RUMPUM
animated ellipse animated ellipse

प्रअबाट निर्घात कुटिएका बालक अझै त्रसित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ मंसिर २०७३, बुधबार १८:१३
3
Shares
२२ मंसीर, संखुवासभा/ संखुवासभा खाँदबारी १३ मा रहेको सिंहेश्वरी निमाबि बोहराटारका प्रधानाध्यापकबाट निर्घात कुटिएका कक्षा ६ मा अध्ययनरत अनिल भण्डारी अझै त्रसित छन् ।
मदिरा सेवन गरेर आएका प्रअ दुर्गाबहादुर कुमालले १२ बर्षीय अनिललाई विना कारण मंसीर १३ गते निर्घात कुटेका थिए । त्यसपछि जिल्ला अस्पताल खाँदबारीमा उपचार गराएर घर फर्किएका भण्डारी बिद्यालय जान डराउछन् ।
छिन्छिन्मा प्रअले कुटेको झझल्को आउने गरेको उनको आमा मञ्जुले बताईन् । बिद्यालय गएको छोरा घर फर्किदा निलडाम भएर फर्किएको उनले बताईन् । ९ दिन बितिसक्दा पनि अझै प्रअको कुटाईका कारण बिद्यालय जान नसकेको उनले भनिन् ।
चिकित्सकले सिटि स्क्यान गर्नु पर्छ भनेको उनले भनिन् । प्रअले १५ हजारको प्रलोभन देखाएर मिलाप पत्र गरौ भन्न थालेका छन् । पिडित बालककी आमा मञ्जुले जिल्ला शिक्षा र एकल महिला समाजमा समेत उजुरी दिएकी छिन् ।
जिल्ला बालक्लब समन्वय समितिका अध्यक्ष खेवाहाङ मेवाहाङ वाल हिंसामा संलग्न शिक्षकलाई कारवाही गर्नु पर्ने माग राख्छन् । उनले बाल अधिकारको संरक्षणका लागि पनि प्रअ कुमाललाई कानुनी दायरामा ल्याएर कारवाही गरिनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर