AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ट्रेड युनियन कांग्रेस विराटनगरको नगर सम्मेलनको तयारी पुरा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ जेष्ठ २०७४, शनिबार १७:२९
3
Shares
विराटनगर, ६ जेठ / नेपाल ट्रेड युनियन कांग्रेस विराटनगरको नगर सम्मेलनको तयारी पुरा भएको छ । विराटनगरको हाटखोलामा जेठ–१० गते हुन लागेको नगर सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको ट्रेड युनियन कांग्रेस मोरङका सभापती सुशिल कोइरालाले वताए ।
ट्रेड युनियन कांग्रेस मोरङले विराटनगरमा आज एक कार्यक्रमको आयोजनागरी सम्मेलनको तयारी पुरा भएको जनाएको छ । एक दिनसम्म चल्ने सम्मेलनले नया समिति चयन हुने छ ।
सम्मेलनमा विराटनगरका सवै वार्डलाई मिलाएर समिति बनाइने कोइरालाले वताए । सम्मेलनको विहान मोटरसाइकल ¥यालीको समेत आयोजना हुने भएको छ । शानसारी माईस्थानवाट ¥याली निकालेर नगरको परिक्रमा गरिने वताइएको छ
जेठ–३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा कांग्रेसको भुमिकालाई थप प्रभावकारी वनाउन सम्मेलनमा व्यापक छलफल हुने ट्रेड युनियन कांग्रेसका पुर्वाञ्चल संयोजक नारायणवावु कार्कीले वताए । सम्मेलनमा कारखाना मजदुर देखी ट्रेड युनियन संग आवद्धहरुको उल्लेखनिय सहभागिता हुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर