AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

देवकोटाको शालिक सभापति, लक्ष्मी कवितासंग्रह प्रमुख अतिथि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ कार्तिक २०७३, शनिबार १८:५९
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, २७ कात्तिक/महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ७ औं जन्मजयन्तीका अवसरमा शनिबार विराटनगरमा नयाँ शैलीमा कार्यक्रम गरिएको छ ।

विराटनगरका एक दर्जन बढी कवि साहित्यकारहरुले स्वस्फर्त देवकोटाले लेखेका कविता वाचन गरेका थिए । विराटनगर पाञ्चालीस्थित देवकोटा स्मारकमा भएको कार्यक्रममा देवकोटाको सालिकलाई सभापति घोषणा गरिएको थियो ।

त्यस्तै देवकोटाको लक्ष्मी कविता संग्रहलाई प्रमुख अतिथि बनाइएको थियो । त्यसपछि भरत गुरागाईंले लक्ष्मी कवितासंग्रहभित्रको पागल, अनन्तराज न्यौपानेले एक सुन्दरी वेश्याप्रति, मीनकुमार नवोदितले एक तिमी, सविता गौतम दाहालले द्रौपती र देवकोटा, शुभलक्ष्मी लम्सालले यात्री, सीमा आभासले वर्षा, उमेश लुइँटेलले भिखारी कविता वाचन गरे ।

सुमित्रा भट्टराई प्रेमपत्र, कल्पना कल्पुले म साँढे, जीवनाथ नेपालले मार्ग, अर्जन ढुंगानाले शून्यमा शून्य सरी कविता वाचन गरेका थिए । कविता वाचन गरिरहँदा बटुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । लक्ष्मीपूजाको दिन देशभर महाकविको सम्झनामा साहित्यिक कार्यक्रम भए पनि जन्मिएको दिन भने नहुने गरेको कवि धीरज राईले बताए । जन्मेको दिनको सन्दर्भ पारेर कार्यक्रम राखिएको उनीहरुको भनाइ थियो ।

कवि दीपक शम्चुले सहजीकरण गरेको कार्यक्रममा प्राज्ञ विवश पोखरेल, कवि सुमन पोखरेललगायतले महाकवि देवकोटाले नेपाली भाषासाहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए । देवकोटाको जन्म वि.सं. १९६६ कात्तिक २७ गते भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर