लामिछाने र लम्साललाई डा. नरेन्द्र चापागाईं स्मृति पुरस्कार
पूर्वाञ्चल खबर
१६ बैशाख २०७४, शनिबार १८:२८
3
Shares
विराटनगर, १६ वैशाख / विराटनगरस्थित डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानले दुईजना स्रष्टालाई पुरस्कृत गरेको छ ।
साहित्यकार नरेन्द्र चापागाईंको १३ औं स्मृति दिवसका अवसरमा वरिष्ठ भाषासेवी टीकाप्रसाद लामिछाने र युवासाहित्यकार शुभलक्ष्मी लम्साललाई सम्मान गरिएको हो । समारोहमा भाषाशास्त्री बालकृष्ण पोखरेल, प्राज्ञ विवश पोखरेल, मदन पुरस्कार विजेता कृष्ण धरावासी, ज्येष्ठ साहित्यकार रमाप्रसाद रिजाल, प्रतिष्ठानकी संरक्षक सरला चापागाईंलगायतले लामिछानेलाई नगद २१ हजार र लम्साललाई ७ हजार रुयैयाँसहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, खेम नेपाली, साहित्यकार गंगा सुवेदी, कविराज न्यौपाने, गायत्रीकुमार चापागाईंलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।