AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मजदुर संघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ कार्तिक २०७३, शुक्रबार १८:१८
3
Shares

विराटनगर,२६ कार्तिक/नेपाल यातायात संयुक्त मजदुर संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् ।

नेकपा माओवादी केन्द्र मोरङद्वारा विराटनगरमा आज आयोजित पार्टी कार्यकर्ता भेलामा नेपाल यातायात संयुक्त मजदुर संघले ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले सवारी चालक अनुमति पत्र प्राप्त चालकहरुबाट दुर्घटना भई जनधनको क्षति भएका सरकारले उच्च स्तरीय आयोग गठन गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

आयोगमा १ जना मेकानिकल,१ जना ट्राफिक प्रहरी,१ जना जनपथ प्रहरी,१ जना मजदुर संघ संगठनबाट,१ जना व्यवसायी , १ जना मृतक परिवारका सदस्य गरी ६ जनाको आयोग गठन गरी गल्ती,कमजोरी छुट्टयाउन माग गरेका छन् ।

यसैगरी पशुपंक्षी, जनावरको कारणले दुर्घटना भई जनधनको क्षति भएमा पशुपंक्षी पाल्ने व्यक्ति नै सम्पूर्ण क्षति व्यहोनु पर्ने प्रावधान गर्न नेपाल सरकारसग माग गरेका छन् ।
उनीहरुले सवारी तथा यातायात व्यवस्था ऐनद्धारा सजाय भोगी रहेका सम्पूर्ण सवारी ज्यान मुद्दामा परेका चालक, कैदी बन्दीहरुलाई आममाफी दिनुपर्ने लगायतका २४ बुदे ज्ञापन बुझाएका हुने ।

अखिल नेपाल सडक मजदुर संघ र नेपाल सडक सुपरभाइजर वर्कर युनियनले पनि ज्ञापन पत्र बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर