पूर्वाञ्चल खबर
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको हो ।
चितवनका लागि डाविड मलानले अविजित ७१ रन बनाए । उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरे । सलाउद्दिन खानले १८ तथा कमल सिंह ऐरीले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
चितवनका ओपनर कमिल मिशारा ४ रन , देव खनाल ६ रन, रवि बोपारा र कुशल मल्ल समान १ रन, विवेक यादव ३ रन तथा उसामा मिर २ रनमा आउट भए । रिजन ढकाल ४ रनमा रनआउट भए ।
सुदूरपश्चिमका लागि स्कट कुगुलेइनले ३ विकेट लिए भने थरिन्दु रत्नायकेले २विकेटतथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले १–१ विकेट लिए ।