RUMPUM
animated ellipse animated ellipse

मोरङको केराबारी जंगलमा महिलाको शव फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ कार्तिक २०८३, शुक्रबार ०८:१७
3
Shares
विराटनगर / मोरङको केराबारी गाउँपालिका–२ फैबामा जंगलभित्र एक महिलाको शव फेला परेको छ।

अन्दाजी ३१–३२ वर्षीया पार्वती लिम्बूको शव घरबाट करिब एक किलोमिटर टाढाको जंगलमा हिजो साँझ फेला परेको हो ।

स्थानीयले अर्धनग्न अवस्थामा जंगलभित्र महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार लिम्बूको शव अर्धनग्न अवस्थामा फेला परेको छ । उनको शरीरको कम्मरमुनिको भागमा कपडा छैन । तर, शरीरमा बाहिरी चोटपटक नदेखिएको एसपी कटवालको भनाइ छ । घटनास्थलमा तत्काल शंकास्पद वस्तु पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

विवाहित लिम्बूको पति–पत्नीबीच पटकपटक विवाद एवं झैझगडा हुने गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् । यद्यपि, उक्त विवाद र उनको मृत्युबीच कुनै सम्बन्ध रहे–नरहेकोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धानका लागि फरेन्सिक चिकित्सकसहितको टोली घटनास्थलतर्फ पठाइएको एसपी कटवालले बताए । उनका अनुसार प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ । शवको परीक्षण तथा अनुसन्धानपछि मात्रै मृत्युको कारण र घटनाको वास्तविकता खुल्ने जानकारी कटवालले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर